बाजुरा ९ चैत, । बडिमालिका नगरपालिकामा हाजिर लगाउन आएका प्रमुख प्रशासकिय अधिकृतको एकै रातमा सरुवा भएको छ । प्रमुख प्रशासकिय अधिकृतको रुपमा बाजुराको बडिमालिका नगरपालिकामा आएका धुव्र प्रसाद कोइरालाको रातारात सरुवा भएको एक स्रोतले जनाएको छ ।
आइतबार राती सदरमुकाम पुगेका कोइराला मन्त्रालयबाट बडिमालिका नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका लागि सिफारीस भएर आएका भए पनी उनले बडिमालिका नगरपालिकामा हाजिर लगाउन नपाउदै सरुवा भएको बताइएको छ ।
उनलाई मन्त्रालयले पठाएको पत्र अनुसार बाजुराको त्रिबेणी नगरपालिकामा जान निणर्य सहित पत्राचार गरीएको स्रोतले जनाएको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रुपनारायण खतिवडाको हस्ताक्षेरीत पत्रमा २०७७ चैत्र ८ गतेको निणर्य अनुसार कोइरालालाई बाजुराको त्रिबेणी नगरपालिकामा खटाएको ब्यहोरा उल्लेख गरिएको छ ।
यता बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले भने प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएका व्यक्तीलाई बाटोबाटै सुरुवा गर्नु राजनितीक षड्यन्त्र भएको बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु