नागरिक रैबार/बाजुरा ९ माघ। मिलेमतो बहुउद्देश्यीय सहकारी संस्था गौमुल गाउँपालिका १ अम्लिसद्धारा संचालित गौमुल कोशेली घरको मार्तडीमा उद्धघाटन् गरिएको छ ।
कोशेली घरको शुक्रबार एक औपचारिक कार्यक्रमका विच निवर्तमान सांसद लालबहादुर थापाले रिवन काटेर उद्धाटन् गरेका छन् ।
कृषि ज्ञान केन्द्र बाजुराको सहयोग तथा गौमुल गाउँपालिका कृषि विकास शाखाको प्रर्वद्धनमा उक्त कोशेली घर मार्तडीमा संचालनमा ल्याईएको मिलेमतो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र रोकाया रोकायाले बताएका छन् ।
गौमुल गाउँपालिकाको स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले गौमुल कोशेली घर मार्तडीमा संचालनमा ल्याईएको गौमुल गाउँपालिका कृषि विकास शाखाका प्राविधिक सहायक रमेश विकले बताएका छन् ।
कोशेली घरमा गौमुल गाउँपालिकाको स्थानीय उत्पादन सिमी, भाँगो, जौ, कोदो, फापर, मकै लगायत राखिएका छन् ।
फेसबुक प्रतिक्रियाहरु