नागरिक रैबार/ बाजुरा ३ कार्तिक ।गत असोज ३१ गते देखि आएको बेमौसमी बर्षासँगै जुड्डी खोलामा आएको बाढीले जगन्नाथ गाउँपालिकाको कार्यलय बगाएको छ ।
निरन्तरकाे बर्षाले खोलामा बाढी बढ्नुका साथै जमिन कटान गरेपछि गाउँपालिकाको कार्यलय क्षतबिक्षेत बनाएको गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशिले बताएका छन् ।
कार्तिक २ गते दिउसो अविरल वर्षातका कारण जगन्नाथ गाउँपालिकाको वडा नं २ र ३ को बिचमा पर्ने जुड्डी खोलामा बाढी आएको थियो । बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, पहरी चौकीका ७ कोठा क्षतबिक्षेत बनाएको रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् । त्यस्तै पाँच शैंयाको अस्थायी कोरोना अस्पताल गाउँपालिकाको सभाहल पनि बगाएको छ ।
कार्यालयमा फर्निचर, श्रेष्ता, औषधि, उपकरण, कम्पुटर, डेस्कटप, ल्यापटप, सोलार, ब्याट्री, कार्पेट, लुगाकपडा, गाउँपालिकाको खेल मैदान, जुड्डी खोला लघु जलविधुत योजनाको तार पोल र महान खोलाले बगाएर क्षतबिच्छेत गरेको छ । गाउँपालिका कर्णाली र जुड्डी खोलाको उच्च जोखिममा बनेको छ । गाउँपालिकाको कार्यलय क्षतबिक्षेत बनाएपछि गाउँपालिकामा हुने काम पूर्ण रुपमा प्रभाबित भएको छ। पहिरोका कारण केही समय कर्णाली नदी पनि थुनिएको थियो । तर विस्तारै नदी खोलिदा कर्णली नदीले क्षेतीन पुुर्याएको बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु