होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • १७ दिनसम्म पनि उठेन सीताको शव
समाज

१७ दिनसम्म पनि उठेन सीताको शव

सीआईबी टोली अनुसन्धानका लागि घटनास्थलमा

  • नागरिक रैबार
१७ दिनसम्म पनि उठेन सीताको शव

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा १७ दिनअघि आफ्नै घरमा मृत अवस्थामा फेला परेकी २७ वर्षीय सीता भण्डारी पौड्यालको शव अझैसम्म आफन्तले बुझेका छैनन् । उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिए पनि माइती पक्षले भने सीताको हत्या भएको भन्दै न्याय मागिरहेको छ ।

४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी हुन् । घर पक्षले सीताले आत्महत्या गरेको बताइरहँदा माइती पक्ष र स्थानीयवासीले उनको हत्या भएको भन्दै न्यायका लागि ईलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, नगरपालिकामा समेत ध्यानाकर्षण गराएका थिए । उनीहरूले न्याय माग गर्दै सडकमा प्रदर्शनसमेत गरे ।

अहिले आन्दोलन रोकिए पनि उनीहरूले शव उठाउन दिएका छैनन् । मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा सीताको शव भेटिएको माइती पक्षको भनाइ छ ।

प्रहरीले सुरुमै सीताको मृत्युलाई आत्महत्या ठहर गरे पनि माइती पक्षले उनको हत्या भएको किटानी जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले दर्ता गर्न मानेको थिएन । तर माइती पक्ष र छिमेकीले दिनहुँ जसो आन्दोलन गरेपछि मात्र प्रहरीले किटानी जाहेरी लिएको थियो ।

प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान प्रभावित नहोस् भनेर आफूहरूले अहिले आन्दोलनलाई स्थगित गरेको स्थानीयवासी शान्ता बस्याल भट्टराईले  बताइन् । अहिले शव उठाउँदा अनुसन्धान फितलो बनाउन सक्ने भएकाले आफूहरूले शव उठाउन नमानेको उनको भनाइ छ ।

पुनः पोष्टमार्टम गर्नु परेमा वा अन्य विधिका लागि पनि अझै शव चाहिन सक्ने भएकाले पनि शव नउठाएको माइती पक्षको भनाइ छ ।

सीआईबी टोली घटनास्थलमा

भदौ १९ गते सीताको मृत्यु भएपछि आत्महत्या दुरुत्साहन मुद्दा अन्तर्गत प्रहरीले मृतकका श्रीमान् टीका पौड्याललाई पक्राउ गरेको थियो । लगत्तै प्रहरीले तिलोत्तमा–५ का वडा सदस्य एवं मृतकका जेठाजु हरि पौड्याल र उनकी दिदी (मृतककी आमाजू) विष्णुलाई पक्राउ गरेको छ । उनीहरू तीनै जनामाथि आत्महत्या दुरुत्साहन मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।

माइती पक्षले सीताको हत्या नै भएको भन्दै लगातार आन्दोलन गर्दै आएपछि भने जिल्ला प्रहरी कार्यालयले तीनै जनाविरुद्ध किटानी जाहेरी लिएको थियो । प्रहरीले घटनाको १० दिनपछि मात्र किटानी जाहेरी लिएको हो ।

सीताको मृत्युका सम्बन्धमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले प्रहरीले भिसेरा रिपोर्ट कुरेको छ ।

भिसेरा रिपोर्ट आउन कम्तीमा एक महिना लाग्ने प्रहरीको भनाइ छ । आफन्तहरूले माग गरेजस्तै ‘रि–पोष्टमार्टम’ नगरे पनि भिसेरा रिपोर्ट आएपछि आत्महत्या नै हो या हत्या हो भन्नेबारे केही भन्न सकिने एक प्रहरी अधिकृतले  बताए ।

उनले भने, ‘अहिले आत्महत्या नै भनिएको छ, यदि भिसेरा रिपोर्टमा थप नयाँ कुरा आएमा अनुसन्धान गर्न अलि सहज हुन्छ ।’

सो घटनाबारे अनुसन्धान गर्न सीआईबीको टोली रुपन्देही आएको छ । प्रहरी निरीक्षकको कमान्डमा आएको सो टोलीले घटनास्थल पुगेर विभिन्न पक्षका बारेमा सूक्ष्म रूपमा अनुसन्धान गरेको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले सीआईबीको टोली केही दिन रुपन्देहीमै बसेर अनुसन्धान गर्ने  बताए । उनले भने, ‘यहाँको प्रहरीको टोलीले पनि अनुसन्धान जारी राखेको छ, सीआईबीको टोलीले पनि अनुसन्धान सुरु गरेको छ । छिटै एउटा रिजल्ट आउला ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ हप्ता अगाडि