होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विभिन्न कार्यक्रमका साथ बीपी स्मृति दिवस मनाइँदै
समाचार

विभिन्न कार्यक्रमका साथ बीपी स्मृति दिवस मनाइँदै

  • नागरिक रैबार
विभिन्न कार्यक्रमका साथ बीपी स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली काँग्रेसका संस्थापक एवं देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ३९औंँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपाली काँंग्रेसले १४औँ महाधिवेशन तयारी गरिरहँदा यो दिवस जिल्लाको स्थानीय परिस्थितिअनुसार मनाउन परिपत्र गरेको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए । वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो ।

राजनीतिमा बीपी’ र नेपाली साहित्यमा विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका एक नायक थिए । उनले राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राखे ।

विज्ञापन

राणा शासनको अन्त्यसँगै ३६ वर्षको उमेरमा गृहमन्त्री बनेबम कोइराला २०१५ सालको आमनिर्वाचनमा नेपाली कांँग्रेसले दुई तिहाइ स्थान प्राप्त गरेपछि उनी पहिलो निर्वाचित प्रधानमन्त्री भए ।

उनले जनतालाई सर्वोपरि राखेर गरेको राजनीतिबाट तत्कालीन राजा महेन्द्रलाई सह्य भएनध्र निर्वाचित सरकारलाई अपदस्त गरी प्रधानमन्त्री बीपीलगायतका नेतालाई सेनाको बलमा आठ वर्ष बन्दी बनाइयो । त्यसपछि उनी आठ वर्ष प्रवास र फेरि स्वदेश फर्केर पञ्चायतविरुद्ध लड्दा कठोर काराबास र सङ†घर्षमै उनको जीवन बित्योध्र

मानिस ठूलो होइन असल बन्नुपर्छ’ भन्ने मान्यताबाट अगाडि बढ्नु भएका बीपीले चाहेको भए जीवनभर जस्तै प्रधानमन्त्री बन्नु सक्थे । तर उनले सत्ताभन्दा निष्ठा, आदर्श र त्यागको राजनीति गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार