होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • काँग्रेसले भन्यो–केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्छ
राजनीति

काँग्रेसले भन्यो–केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्छ

  • नागरिक रैबार
काँग्रेसले भन्यो–केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्छ

नेपाली काँग्रेसले अबको केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्ने विश्लेषण गरेको छ । सो पार्टीले माओवादी केन्द्र र जसपासँगको निरन्तरको वार्ता फलदायी भएकाले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ ।
काँग्रेसको पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले ओली सरकार ढाल्न तीन दलबीच सहमति नजिक रहेको र अबको केही दिनमै राजनीतिले कोल्टे फेर्ने ब्रिफिङ गरेका थिए । बैठकपछि पार्टीका एक शीर्ष नेताले आजको बैठकमा देउवा निकै उत्साहित हुँदै प्रस्तुत भएको जानकारी दिए । उनका अनुसार देउवाले आफ्नो नेतृत्वमा छिट्टै सरकार बन्ने ब्रिफिङ गरेका थिए । उनले बैठकमा भनेका थिए, ‘चिजको विकास निकै क्लियर भइसक्यो । केही दिनमै अब राजनीतिले कोल्टे फेर्दैछ । निरन्तरको छलफल फलदायी बन्दै छ ।’

जसपाको एउटा समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सघाउने अडान लिँदै आएपनि देउवाले अन्तिम सो पार्टीमा संकट आउन सक्ने भन्दै बैठकमा ब्रिफिङ गरे । बैठकमा सहभागी स्रोतका अनुसार जसपा विभाजित हुन सक्ने देउवाको भनाइ थियो ।

देउवाले नेकपा माओवादीले ओली सरकारलाई दिँदै आएको समर्थन छिट्टै फिर्ता लिने पनि बताएका थिए । ‘माओवादीले औपचारिक रुपमै समर्थन फिर्ता लिन्छ, जसपा जसरी पनि हामीतिरै आउँछ’, देउवाको भनाइ थियो, ‘त्यसपछि ओलीविरुद्ध अविश्वास प्रस्ताव आउँछ, काँग्रेसकै नेतृत्वमा सरकार बन्छ । दुई–तीन दिनमा राजनीतिले कोल्टे फेर्छ ।’

विज्ञापन

नेकपा माओवादी केन्द्रले बुधबार नै ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार बसेको पार्टी स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको नेत्री पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार प्रचण्डले ओलीलाई सरकारमा दिँदै आएको समर्थन कुनै पनि बेला फिर्ता गर्न सक्नेछन् ।

काँग्रेसले यसअघि नै केन्द्रीय समिति बैठकबाट ओली सरकारको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरिसकेको छ । जसअनुसार काँग्रेसले केही चरण काँग्रेस र जसपासँग छलफल गरिसकेपनि वैकल्पिक सरकार निर्माणबारे ठोस नतिजा भने आउन नसकेको अवस्था छ ।

२० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा पहल गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै