होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • केपी ओलीजीले स्पष्टीकरण दिनुपर्छ: भीम रावल
समाचार

केपी ओलीजीले स्पष्टीकरण दिनुपर्छ: भीम रावल

  • नागरिक रैबार
केपी ओलीजीले स्पष्टीकरण दिनुपर्छ: भीम रावल

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।

ओली पक्षको बैठकले रावलसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय शनिबार गरेको थियो।आइतबार ट्वीटमार्फत् रावलले आफूहरूलाई स्पष्टीकरण सोध्ने निर्णय अवैध भएको बताएका छन्।

‘केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अवैध छ। यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो,’ उनले भनेका छन्।उनले आफूहरूलाई स्पष्टीकरण सोध्ने निर्णय अवैध र हाँस्यास्पद भएको उल्लेख गरेका छन्। ‘त्यस्तो निर्णयलाई म पूर्णत: अस्वीकार गर्दछु,’ उनले भनेका छन्।

विज्ञापन

 

उनले बरू प्रधानमन्त्रीसमेत रहेका अध्यक्षले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।‘विधान उलंघन गर्दै फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्नेजस्ता क्रियाकलाप किन गरेको भन्ने विषयमा केपी ओलीजीले जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्छ,’ उनले भनेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै