बाजुरा ८चैत्र । बाजुराको बुढिनन्दा नगरपालिका २ कोल्टीका धर्मेन्द्र सुुनार भ्वाइस अफ द नेपालमा छनोट भएका छन् । २४ वर्षका सुनार ‘दि भ्वाइस अफ नेपालको सिजन ३ का लागि छनोट भएका छन् ।
बाजुराका बाट डिजीटल एडिसेन भ्वाइस अफ द नेपालमा पठाएपछि उनी छनोट भएका थिए । भ्वाइस अफ द नेपालका जजले उनको स्वर तथा कलालाई मन पराएपछि नेपालको ‘दि भ्वाइस अफ नेपाल टिम बाजुरामा पुगेर ल्याएको थियो ।
हिमालयन टेलिभिजनमा आफ्नो प्रस्तुुति देखाए पछि सुनारले चारै जना जर्जको मन जितेका थिए । सुनारको प्रस्तुुतिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । धर्मेन्द्र बिगत १२ बर्ष देखि गायनमा रुचि राख्दै आएका छन् । आर्थिक अबस्था कमजोर भएकै कारणले धर्मेन्द्रले सांगितिक क्षेत्रमा समस्या भोग्दै आएका थिए ।
https://youtu.be/EyxP1Ep9vqU
फेसबुक प्रतिक्रियाहरु