काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि आइतबार भारतको नयाँ दिल्ली जाने भएका छन् । पेटमा समस्या देखिएपछि थप उपचारका लागि उनी नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लागेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार नेता भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ । उनी चिकित्सकको सल्लाहमा दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा जान लागेका हुन् ।
पेटमा समस्या देखिएपछि उनी काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचारका क्रममा भट्टराईसँग श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे रहने भट्टराईको सचिवालयले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु