होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोनाविरुद्धको खोपको १० लाख डोज काठमाण्डाै आइपुग्याे
समाचार

कोरोनाविरुद्धको खोपको १० लाख डोज काठमाण्डाै आइपुग्याे

  • नागरिक रैबार
कोरोनाविरुद्धको खोपको १० लाख डोज काठमाण्डाै आइपुग्याे

काठमाण्डाै – भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज आज काठमाण्डौ आइपुगेको छ ।

केहीबेरअघि एयर इन्डियाको विमानबाट खोप काठमाण्डाै ल्याइएको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोनाविरुद्धको खोप हस्तान्तरण गर्नु हुनेछ ।

यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतले छिमेकी देशलाई कोरोनाविरुद्धको खोप वितरणमा सहयोग गर्ने बताउनु भएको थियो । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आएको हो ।

भारतले अनुदानमा दिएको यी खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । त्यसपछि हरेक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । खोप पठाउन स्वास्थ्य मन्त्रालयले तीन वटा भ्यान तयारी अवस्थामा राखेको जनाएको छ ।

एउटा भ्यानले बुटवल, नेपालगन्ज र धनगढीमा खोप पुर्‍याउने छ भने अर्काेले हेटौँडा, पथलैया र विराटनगर लग्नेछ । त्यस्तै, तेस्रो भ्यानले पोखरामा खोप पुर्‍याउने छ ।

सरकारले पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

स्वास्थ्य मन्त्रालयद्वारा गठित खोप सल्लाहकार समितिका संयोजकसमेत रहेका खोपविज्ञ डाक्टर श्यामराज उप्रेतीकाअनुसार भारतबाट अनुदानमा ल्याइने खोप हरेक व्यक्तिलाई दुई मात्रा दिइन्छ ।

खोप लगाएका व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिने छ । उहाँले खोप सुरक्षित भएकाले ढुक्क हुन आग्रह गर्नु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै