होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पारिश्रमिक नपाएको भन्दै मजदूरले गरे सडक अबरुद्ध
समाचार

पारिश्रमिक नपाएको भन्दै मजदूरले गरे सडक अबरुद्ध

  • नागरिक रैबार
पारिश्रमिक नपाएको भन्दै मजदूरले गरे सडक अबरुद्ध

बैतडी। आजदेखि सडक मजदूरहरुले बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड अबरुद्ध गरेका छन्। दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै उनीहरुले सडकमै रिले अनशन बसेर यातायात सञ्चालनमा रोक लगाएका छन्।

पाटन नगरपालिका ६ स्थित लोर्खामा सडक खण्ड मजदुरको अनशनका कारण अवरुद्ध भएको छ। मङ्सिर १ गतेदेखि दोस्रोपटक अनशन सुरु गरेका उनीहरुले दुई वर्षदेखिको पारिश्रमिक पाउनुपर्ने र रोजगारी सुनिश्चितताको माग गरेका छन्।

सडकखण्ड बिहानैदेखि अवरुद्ध भएकाले प्रहरी टोली खटाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

विज्ञापन

यसअघि गत असारमा २१ दिन पाटन–पञ्चेश्वर सडकखण्डको प्रवेशद्वार पाटन बजारनजिकै २१ दिन रिलेअनशन बसेका थिए। त्यतिबेला पनि आश्वासनकै भरमा अनशन तोडेका थिए। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष माग गर्दै उनीहरुले पारिश्रमिक र रोजगारीको सुनिश्चतताको माग पनि गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै