नागरिक रैबार
बाजुरा ४ असाेज। ‘सी’ डिभिजन लिग छनोट खेल्न काठमाडौं पुगेको रावीवन स्पोर्टस क्लबले खेलाडीको नाम टुंगो लगाएको छ । क्लोज क्याम्पमा रहेका खेलाडी मध्ये बाट २४ जनाको नाम टुंगो लगाएको हो । रानीवनले पहिलो खेल राप्ती रिर्भस मकवानपुरसँग असोज ६ गते विहान ९ बजे खेल्ने छ ।
टिम प्रशिक्षक दिपक योञ्जन लामाको निर्णय र क्लबका सल्लाहकार, समितिका पदाधिकारी तथा सदस्यहरु बीचको छलफलपछि डिभिजन खेल खेल्ने खेलाडीको टुंग्याइएको क्लबका अध्यक्ष धु्रबबहादुर रोकायाले बताएका छन् ।
रानीवनले खेलाडीहरुलाई एक महिना देखि काठमाडौंमा बन्द प्रशिक्षणमा राखेको छ । क्लोज क्याम्प नै सञ्चालन गरेर बन्द प्रशिक्षण गराइरहेको रानीवनले सि डिभिजन खेलमा भाग लिने २४ जना खेलाडीको नाम छनोट गरेको रानीवन स्पोर्टस क्लबका करन भण्डारीले बताएका छन् ।
जसमा गोल किपर आकाश बुढा, कुम्भ देउवा छानिएका छन् । भने डिफेन्समा कृष्ण कठायत, सागर विक, श्याम विक, चन्द्र बहादुर बुढा मगर, अर्जुन विष्ट, विवेक शाही, दिपेन्द्र मलासी, किरन बोहरा, हिरेन्द्र बहादुर सिंह, सन्दीप गुरुग समेटिएका छन् ।
यस्तै मिल फिल्डरमा मिलन रेग्मी, आकाश थापा, सन्दीप कुँवर, सुशिल विक, गौरव रावत, विवेक संजेल परेका छन् । भने फरवार्डमा अमिन रावल, राजकुमार थापा, विमल भारती, दिपक विक र स्टाइकरमा जीवन कुमार रावल, कुवेर खड्का छानिएका छन् ।
रानीवनले तपेन्द्र कटुवाललाई मेडिकल टिमको नेतृत्व दिएको छ । भने टिम व्यवस्थापनमा नरेश रोकाया, डेनिश शाही, सन्तोष डँडाल र करन भण्डारी खटिएका छन् । ७८ टिमले भाग लिएको छनोट खेलमा ३ टिम डिभिजनका लिगको उपाधी सहीत छनोट हुनेछन् ।
दुई खेल लगातार हारे खेलबाट बाहिरीनु पर्ने छ । भने जिते अर्को चरणमा प्रवेशका लागि ढोका खुल्ने छ । डिभिजन छनोट खेलका लागि सिंगो क्लब नै भाग लिने रानीवन स्पोर्टस क्लब सुदूरपश्चिम प्रदेशकै पहिलो बनेको छ ।
फेसबुक प्रतिक्रियाहरु