होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाउली खाेलामा आएकाे बाढीले काठेपुल बगायाे
समाचार

बाउली खाेलामा आएकाे बाढीले काठेपुल बगायाे

  • नागरिक रैबार
बाउली खाेलामा आएकाे बाढीले काठेपुल बगायाे

नागरिक रैबार/बाजुरा ४ भदाै। विहिबार राति अविरल वर्षासंगै बाहुली खाेलामा आएकाे बाढीले काठेपुल बगाएको छ । बाहुली खाेलामा आवतजावत गर्नका लागि अस्थायी रूपमा बनाएकाे काठेपुल बाढीले बगाएपछि सदरमुकाम मार्तडी बजारमा आउजाउ गर्न स्थानीयलाई समस्या भएकाे छ ।
बडीमालिका ७, ८,९ सहित पुर्विउत्तरी क्षेत्रबाट मार्तडीमा जाने आउने स्थानीयहरूलाई काठेपुल बगाउँदा समस्या भएकाे स्थानीय गाेरख विकले बताएका छन् ।
२ वर्ष अघि बडीमालिका र पुर्विउत्तरी क्षेत्रका स्थानीयहरूकाे सदरमुकाम मार्तडीसम्मकाे हिँडडुल गर्नका लागि मध्ये नजर गरेर बडीमालिका नगरपालिकाकाे  आर्थिक सहयाेगमा उक्त ठाउँमा अस्थायी काठेपुल निर्माण गरिएकाे थियाे ।
बाउली खाेलामा आएकाे बाढीले खाेला आसपास क्षेत्रमा रहेका खेतियाेग्य जमिन समेत बगाएको छ ।
बाढीले बाउली खाेलाकाे काठेपुल बगाएपछि अहिले मार्तडी बजारमा आउने स्थानीयहरू १ घण्टाकाे पैदल दुरी हिँडेर दवारीकाे पक्की पुलबाट आवत जावत गर्न बाध्य भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार