होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देउवा र नेपालसँग मिलेर बामदेवको भित्र भित्रै त्यो खेल
समाचार

देउवा र नेपालसँग मिलेर बामदेवको भित्र भित्रै त्यो खेल

  • नागरिक रैबार
देउवा र नेपालसँग मिलेर बामदेवको भित्र भित्रै त्यो खेल

काठमाडौं, ५ साउन । नेकपा एमालेभित्र कित्ताकाट लगभग स्पष्ट भएको छ । तटस्थ बस्दै आएका उपाध्यक्ष बामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा गएका छन् । उनी उपप्रधानमन्त्रीसहित गृह या विकासे मन्त्रालयको जिम्मेवारीमा जाने निश्चितप्रायः भएको छ ।

माधव नेपाललाई भीम रावललगायतका नेताहरुले छाड्ने अवस्था बनेपछि बामदेवको इन्ट्री भएको थियो । उनले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई साथ राखेर भविष्यसम्मको रणनीति तयार गरेका थिए । त्यसपछि नेपाल पक्षमा लागेर शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद संख्या बढाउन लागेका थिए ।

गौतमले साउनको १ र २ गते निकै सक्रिय भूमिका खेलेको बुझिएको छ । उनकै पहलमा केही सांसदहरु अध्यक्ष केपी शर्मा ओली समूह छाडेर नेपाल समूहमा आएका थिए । मतदानको बखत मात्र त्यो खुलेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार