होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सरकारी निर्णयको प्रधानमन्त्रीबाटै उल्लंघन, ओलीलाई के कार्वाही हुन्छ ?
राजनीति

सरकारी निर्णयको प्रधानमन्त्रीबाटै उल्लंघन, ओलीलाई के कार्वाही हुन्छ ?

  • नागरिक रैबार
सरकारी निर्णयको प्रधानमन्त्रीबाटै उल्लंघन, ओलीलाई के कार्वाही हुन्छ ?

काठमाडौं। देशमा पछिल्लो समय कोरोना भाइरस दिन दुई गुना रात चौगुनाको क्रममा कोरोना भाइरस संक्रमित थपिँदै छन्। दैनिक १३ सयको हाराहारीमा संक्रमितहरु थपिइरहेका छन्। हिजो मात्र पीसीआर विधिमा गरिएको परीक्षणममा १२ सय २७ जनालाई कोरोना पुष्टि भयो भने ८ जनाको मृत्यु भयो। अघिल्लो वर्ष दुईजना कोरोना संक्रमित देखिँदा कडा लकडाउन गरिएको थियो। तर, हजार बढि देखिँदा सरकारले सवाधानको उपायहरु निर्देशन गरेको छ भने स्वास्थ्य मापदण्ड बनाएको छ।

सोमबारमात्र सरकारकाले नयाँ स्वास्थ्य मापदण्ड सार्वजानिक गरेको छ। जस अनुसार सार्वजानिक ठाउँमा ५ जना भन्दा धेरै भेला हुन नपाउने, विवाह पार्टी मलामीमा २५ जना भन्दा धेरै हुन नहुने। तर आफ्नै आदेशको खिल्ली उडाउँदै मंगलबार बिहानै प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमा धार्मिक अनुष्ठान लगाए । त्यो पनि सयौंको संख्यामा मानिसहरु भेला गराएर।

चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यले मंगलबार बिहान बालुवाटारमा विधिवत् रूपमा पूजाआजा गरेका छन्। कार्यक्रममा पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ,सन्त महन्त लगायतको अन्य कार्यकर्ताको उपस्थिति थियो।

ओलीले नै बनाउन लगाएको भनिएको राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर चितवनको अयोध्याधाममा स्थापना गरिनेछ। मूर्ति राखिएका गाडीहरुलाई फूलमालाले सिँगारिएको छ। भने सयौं भक्तजन र कार्यकर्ताले घेरा हालेर राखिएको छ। प्रधानमन्त्री कार्यालय बालुवाटारमा रहेका ती मूर्तिहरुलाई मंगलबार प्रधानमन्त्री ओलीले स्वस्तीवाचनसहित हस्तान्तरण गरे। ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको सो धार्मिक र्‍याली सहित सीता(रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ। भोलि रामनवमीको अवसरमा माडीको अयोध्याधाममा लगेर अनावरण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीले त्रेतायुगका मर्यादापुरुषोत्तम रामको जन्म अयोध्यापुरीमा भएको सार्वजनिक अभिव्यक्ति दिएपछि माडीको अयोध्यापुरी चर्चामा आएको थियो। तर यसको वैज्ञानिक पुष्टि र धार्मिक पुष्टि भने भइसकेको छैन। राम भारतको अयोध्यामा जन्मिएको र नेपालको जनकपुरधाममा जन्मिएकि सीतासँग विवाह गरेको पौराणिक कथन छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि