काठमाडौंः गत वर्ष गल्भान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको झडपको भिडियो फुटेज सार्वजनिक भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सले उक्त भिडियो सार्वजनिक गरेको हो।
भिडियोमा दुबै देशका सैनिकहरु बीच अँध्यारो रातको समयमा झडप भएको देखिन्छ र चिनियाँ सेनाहरु घाइते सिपाहीहरुलाई उद्दार गरिरहेका देखिन्छन् र मृत्यु भएका सेनालाई चिनियाँ सेनाले अभिवादन गरिरहेको देखिन्छ।
गत वर्ष जुनमा ती दुई देशका सैनिकबीच झडप भएको थियो। उक्त झडपमा भारतका २० सैनिक मारिएका थिए। चीनले झडपलगत्तै आफ्नो क्षतिबारे केही नबताए पनि केही दिनअघि मात्र आफ्ना ४ सैनिक मारिएको स्वीकार गरेको छ।
सार्वजनिक भिडियोमा चीनले भारततर्फ औल्याउँदै भनिएको छः ‘ विदेशी सेनाले अप्रिल देखिनै पुरानो सम्झौतको उल्लंघन गर्दै आइरहेको थियो । उनीहरुले पुल र सडक बनाउन भन्दै सीमा पार गरेका थिए। विदेशी सेनाले यथास्थितिमा परितर्वन गर्न एक पक्षीय प्रयास गरेपछि सीमामा तनाव बढ्न गयो।’ –एजेन्सी
फेसबुक प्रतिक्रियाहरु