होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सर्वोच्च परिसरमा कानून व्यवसायीको नारा-हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं
समाचार

सर्वोच्च परिसरमा कानून व्यवसायीको नारा-हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं

  • नागरिक रैबार
सर्वोच्च परिसरमा कानून व्यवसायीको नारा-हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा चर्का नारा लगाएका छन् ।

नेपाल बार एशोसिएसनको अगुवाइमा शुक्रबार सर्वोच्च परिसरमा भेला भएका कानून व्यवसायीहरुले कर्मचारीहरुलाई झ्याल खोलिदिन आग्रह गर्दै ‘हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं’ भन्दै नाराबाजी गरेका हुन् । आफूहरुको आवाज प्रधानन्यायाधीश जबराले सुनुन् भनेर उनीहरुले कर्मचारीहरुलाई झ्याल खोलिदिन आग्रह गरे ।

सर्वोच्च परिसरमा केहीबेर नाराबाजी गरेर कानून व्यवसायीहरु नेपाल बार एशोसिएसनको कार्यालयमा फर्किएर कोणसभा गर्नेछन् ।

विज्ञापन

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले १४ कात्तिकदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार