होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुई साता स्थगित भएको स्पेनिस ला लिगाका खेल शुक्रबारदेखि
समाचार

दुई साता स्थगित भएको स्पेनिस ला लिगाका खेल शुक्रबारदेखि

  • नागरिक रैबार
दुई साता स्थगित भएको स्पेनिस ला लिगाका खेल शुक्रबारदेखि

फिफा विश्वकप छनोट खेलका कारण दुई साता विश्राम लिएको स्पेनिस ला लिगाको १४औं राउन्डका खेलहरु सुक्रबार रातिदेखि पुनः सुरु हुँदैछ । सुक्रबार राति एथलेटिक बिल्बाओ र लिभान्तेबीच प्रतिस्पर्धा हुनेछ ।


रेलिगेसनको दबाबमा देखिएको लिभान्ते घरेलु मैदानमा जित निकाल्दै संकट टार्ने योजनामा छ । पाहुना टोली बिल्बाओ पनि स्पस्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अभियानमा छ । बिल्बाओ अहिले तालिकाको आठौं स्थानमा छ । लिगमा १२ खेल सकेको बिल्बाओले चार जित ६ बराबर र दुई हार खेप्दै १८ अंक बनाएको छ ।



रेलिगेसनको मारमा रहेको लिभान्ते ६ अंक सहित १९औं स्थानमा छ । एउटै खेल जित्न नसकेको लिभान्तेले १३ खेलमा ६ बराबरी र सात हार खेपेको छ । ला लिगाको उपाधि भिडन्त भने यसपटक पनि रोचक हुने देखिएको छ ।

विज्ञापन



अहिले लिगको शीर्षस्थानमा रहेको रियल सोसिडाडले १३ खेलबाट २८ अंक बनाएको छ । सोसिडाडलाई पछ्याएको रियल म्याड्रिड र सेभियाले समान २७ अंक बनाएका छन् । रियल र सेभियाले एक खेल कम खेलेका छन् । २३ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिड चौथो स्थानमा छ ।



यसैगरी २१ अंक बनाएको रियल बेटिस पाँचौं, २० अंक बनाएको रायो भालेकानो छैटौं, १९ अंक बनाएको ओसासुना सातौं स्थानमा छ । समान १७ अंक बनाएको बार्सिलोना भ्यालेन्सिया र स्पान्योल शीर्ष १०मा अटाएका छन् ।राताेपाटिबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै