होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ १, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • गणतन्त्र र संविधान खारेजीको माग गर्दै प्रदर्शन
राजनीति

गणतन्त्र र संविधान खारेजीको माग गर्दै प्रदर्शन

  • नागरिक रैबार
गणतन्त्र र संविधान खारेजीको माग गर्दै प्रदर्शन

धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम समितिले संघीय गणतन्त्र र संविधानको खारेजीको माग गर्दै धनगढीमा प्रदर्शन गरेको छ। आइतबार दिउँसो धनगढीको ट्राफिक चौराहाबाट पार्क मोडसम्म र्‍याली आयोजना गर्दै राप्रपाले वर्तमान संविधान र व्यवस्थाको खुलेर विरोध गरेको केन्द्रीय सदस्य हेमबाबु लेखकले बताए।

असोज ३ गते सरकारले संविधान दिवस घोषणा गरेपनि राष्ट्रिय प्रजातन्त्र पार्टीले भने अहिलेको संविधानमा राखिएका संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको प्रावधान गलत भएको भन्दै बिरोध गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का केन्द्रीय सदस्य ललित जोशीले बताए। प्रदर्शनमा संविधानप्रति असन्तुष्ट रहेका सयौं व्यक्तिहरुको सहभागिता रहेको उनले दाबी गरे। ‘उनीहरुले ४७ सालको संविधान पुनस्स्थापना गर, एससीसी खारेज गर’ लगायतका नारा लगाएका थिए।

पार्कमोडमा पुगेर कोण सभामा परिणत भएको विरोध र्‍यालीलाई पार्टीका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य रामदुलारी चौधरी, केन्द्रीय सदस्य हेमबाबु लेखक, ललित जोशी, टेकराज पनेरु, दिपक मल्ल र मानसिंह साउद लगायतले सम्बोधन गरेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार