होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • कति चकलेटी मात्र देखिनु, अब नयाँ तरिकाले दर्शकमाझ आउँछुः अनमोल केसी
मनोरञ्जन

कति चकलेटी मात्र देखिनु, अब नयाँ तरिकाले दर्शकमाझ आउँछुः अनमोल केसी

  • नागरिक रैबार
कति चकलेटी मात्र देखिनु, अब नयाँ तरिकाले दर्शकमाझ आउँछुः अनमोल केसी

करिब डेढ बर्षपछि मिडियामाझ प्रस्तुत भएका नेपाली चलचित्रका चर्चित नायक अनमोल केसीले अब आफूलाई सिनियर रुपमा प्रस्तुत हुन मन लागेको बताएका छन् । आफ्नो पिता भुवन केसीको जन्मदिनमा आयोजित एक कार्यक्रममा पुगेका अनमोलले मिडियासँग कुरा गर्दै पर्दामा चकलेटी अवतार धेरै भएको भन्दै अब दर्शकमाझ नयाँ तरिकाले प्रस्तुत हुने बताए ।

अनमोल मल्टिस्टारर चलचित्र ‘एक्स ९’मा काम गर्ने तयारी गर्दैछन् । यसका लागि अनमोलले आफ्नो शरीर समेत बनाइरहेका छन् । यो चलचित्रका लागि अनमोललाई २० केजी मोटाउनुपर्नेछ । अनमोलका अनुसार, उनी ७ केजी मोटाएर ८२ केजी पुगिसकेका छन् । अझै, १३ केजी मोटाउनुपर्ने अनमोलको भनाई छ ।

मल्टिस्टारर चलचित्रमा काम गर्न लागेको बिषयमा अनमोलले भने–‘मैले कहिल्यै पनि मल्टिस्टारर चलचित्रमा काम गर्नु हुँदैन भनेर भनेको छैन । ‘गाजलु’ पनि मल्टिस्टारर नै थियो । कोभिडपछिको चलचित्र क्षेत्रलाई उठाउनका लागि सबै कलाकार मिलेर काम गर्दा नयाँ केही आउँछ कि भनेर मैले यो क्षेत्रमा काम गरेको हुँ । साथै, सिनियर दाइहरुबाट पनि केही सिक्नेछु भन्ने अपेक्षा छ ।’

विज्ञापन

अनमोलले, दर्शक र चलचित्र क्षेत्रका लागि नै सबै मिलेर काम गर्दा केही राम्रो हुन्छ कि भन्ने सोचेर काम गर्न लागेको बताए । उनले, राम्रो चलचित्र रिलिज भएपछि हलमा दर्शक आउने दाबी समेत गरे । भने–‘यसमा सबैको समर्थन चाहिन्छ । मुख्यतः दर्शकको साथ चाहिन्छ । राम्रो चलचित्र आयो भने दर्शक हलसम्म आउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।’

अनमोलले डेढ बर्षमा आफूले मिडिया, लाइमलाइट, सुटिङको माहोल, दर्शकसँगको भेटघाट मिस गरेको समेत सुनाए । लकडाउन अगाडि आफूलाई सबैले भाई, जुनियर भनेर सम्बोधन गरेको भन्दै अनमोलले अब आफूलाई सिनियर तरिकाले प्रस्तुत हुन मन लागेको समेत बताए ।

चलचित्र ‘एक्स ९’मा बडी विल्डरहरुसँग फाइट खेल्नुपर्ने भएकाले पनि तौल बढाएर शरीर बनाइरहेको अनमोल बताउँछन् । उनी भन्छन्–‘बडी विल्डरहरुसँग एक्सन गर्दा आफू पनि त्यस्तै देखिनुपर्छ । होइन भने, दर्शकलाई विश्वास नलाग्न सक्छ नी ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै