होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘सुदूरपश्चिमका बहुमत प्रदेश सांसद माधव नेपालसंगै छौँ’
समाचार

‘सुदूरपश्चिमका बहुमत प्रदेश सांसद माधव नेपालसंगै छौँ’

  • नागरिक रैबार
‘सुदूरपश्चिमका बहुमत प्रदेश सांसद माधव नेपालसंगै छौँ’

धनगढी : केपी शर्मा ओली र माधवकुमार नेपालबीच दूरी बढेदेखि नै सुदूरपश्चिमका अधिकांश प्रदेश सांसदले नेपाललाई साथ दिदै आएका छन्। पछिल्लो समय माओवादी नेतृत्वको प्रदेश सरकारले विश्वासको मत पाउँदा एमालेका १७ जना माधव समूह र ७ जना ओली पक्षमा खुलेका थिए।

पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया तामा बोहरा, नेपालु चौधरी र बलदेव रेग्मी मात्रै ओली पक्षमा खुलेका थिए भने बाँकी १७ जना माधव समूहमा लागेका थिए। माधव समूहमा रहेका १७ जना प्रदेश सांसदले पटकपटक केपी शर्मा ओली पक्षको स्थायी कमिटी र प्रदेश कमिटीले गरेकाे निर्णयविपरित मन्त्रिपरिषद् विस्तार गरेका थिए।

माधव समूहले नयाँ पार्टी नेकपा एमाले (समाजवादी) दर्ता गरेसंगै सुदूरपश्चिमका सांसद पनि नयाँ पार्टीम जाने वा केपी शर्मा ओली नेतृत्वको पुरानो पार्टीमा रहनेबारे छलफलमा जुटेका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र पूर्ववनमन्त्री माया भट्ट भने एमाले समाजवादीको केन्द्रीय कमिटीमा परेका छन्।

विज्ञापन

मन्त्री जोशीले विगतमा जस्तै अहिले पनि अधिकांश प्रदेश सासंद माधव नेपालको पक्षमै रहेको बताइन्। ‘ तत्काल हामी दुई जना प्रदेश सांसद मात्रै केन्द्रीय कमिटीमा देखिएका छौ,’ उनले भनिन्, ‘तर सुदूरपश्चिमका बहुमत प्रदेश सांसद माधव नेपालसंगै छौ। १७ जनामा एक÷दुई जना तलमाथि हुनसक्छ। प्रदेश सांसंद सबै केन्द्रीय कमिटीमा मात्रै हुनुपर्छ भन्ने पनि छैन। फरकफरक जिम्मेवारी दिइन्छ होला।’

एमाले सुदूरपश्चिमा भीम रावलको प्रभाव बलियो छ। विगतदेखि नै माधवकुमार नेपाललाई साथ दिदै आएका रावल शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएदेखि तटस्थ जस्तै देखिएका छन्। उनले नेपालको साथ छोडेको चर्चा पनि छ। रावलले नेपाल समूहको नयाँ पार्टी नेकपा एमाले (समाजवादी) दर्तामा पनि साथ दिएनन्।

उपाध्यक्ष रावलले साथ छोडेका कारण माधव नेपालले सुदूरपश्चिमका प्रदेशसभा सदस्यको साथ पनि गुमाएको आकलन गर्न थालिएको छ। तर अधिकांश प्रदेश सांसद भने रावलले नेपाललाई साथ नदिए पनि नयाँ पार्टीमा जाने मनसायमा देखिएका छन्।

रावल निकट भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले पनि नेपाललाई नै साथ दिने संकेत गरेका छन्। दल दर्ताको क्रममा केही समय नेपालसंगै देखिएका सोडारीले दिनेशखबरलाई भने, ‘म कता लाग्छु भन्ने विषयमा धेरैले अनुमान गरिसकेका होलान्। तर पनि हामीलाई नयाँ पार्टी रोज्ने वा पुरानोमा बस्ने ? छुट्याउका लागि २१ दिनको सुविधा छ। छिट्टै निचोडमा पुग्छौ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार