होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अध्यादेशको विरोधमा उत्रिएका बाजुराका युवकमाथि प्रहरीले लाठी चार्ज गरेपछि…
समाचार

अध्यादेशको विरोधमा उत्रिएका बाजुराका युवकमाथि प्रहरीले लाठी चार्ज गरेपछि…

  • नागरिक रैबार
अध्यादेशको विरोधमा उत्रिएका बाजुराका युवकमाथि प्रहरीले लाठी चार्ज गरेपछि…

धनगढीः दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू र प्रहरीबीच झडप हुँदा दर्जनभन्दा बढी नेता कार्यकर्ता घाइते भएका छन्। काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी आरआर क्याम्पस अगाडि निकालिएको मसाल जुलुसलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो। प्रहरीमाथि नै विद्यार्थी नेता कार्यकर्ताले ढुङ्गा बर्साउन थालेपछि लाठी चार्ज गरिएको थियो।

झडपमा विद्यार्थी संगठनका अध्यक्ष ऐन महर, सचिव आरसी लामीछानेलगायत नरेश रोकाया, उमेश आचार्य, अभिशेक सुवेदी, कमल दंगाना, प्रकाश भुजेल, र जयराम बास्तोलासहित दर्जन बढी नेता तथा कार्यकर्ता घाइते भएका छन्।

झडपमा परेर प्रहरीको  लाठी चार्जबाट घाइते भएका बाजुराका युवकको फोटो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छाएको छ। अस्पतालको बेडमा खिचिएको उक्त फोटोमा युवकको पिठ्युमा सातवटा लाठीका डाम देखिन्छन्। फोटोमा भएका व्यक्ति हुन् नन्दबहादुर रोकाया उर्फ नरेश। प्रदर्शनीमार्गमा प्रर्दशनकारीहरु प्रहरीमाथि जाईलागेपछि प्रहरीले पनि  लाठी बर्साएको थियो ।

विज्ञापन

रोकाया अनेरास्ववियुका स्थायी कमिटी सदस्य हुन्। उनले इश्वर पोखरेल उपप्रधानमन्त्री हुँदा नेपाल ट्रष्टमा नियुक्ति समेत पाएका थिए।  हाल उनी नेपाल ट्रष्टका बोर्ड सदस्य हुन्। बाजुरा घर भइ कास्कीबाट अनेरास्वबियूको केन्द्रिय राजनितिमा उदाएका रोकायालाई २०७७ असोज २२ गतेको मन्त्रिपरिषद्को बैठकले सदस्यमा नियुक्त गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार