होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • घरघरमा खानेपानीका धारा, धमिलो पानी पिउने बाध्यताकाे अन्त्य
समाचार

घरघरमा खानेपानीका धारा, धमिलो पानी पिउने बाध्यताकाे अन्त्य

  • नागरिक रैबार
घरघरमा खानेपानीका धारा, धमिलो पानी पिउने बाध्यताकाे अन्त्य

मुगु-  भादखोलाको धमिलो पानी बोकेर पिउँदै आएकी छायानाथ रारा नगरपालिका वडा नम्बर ८ की अमृता रावल घर–आँगनकै धारामा खानेपानी झरेपछि दंग छन् । खोलाको धमिलो पानी खाँदाखाँदै पानी दिक्क भएकी रावल अहिले घरको आँगनीमै खानेपानी प्रयोग गर्न पाउँदा सबै दुःख बिर्सिएको बताउँछिन् ।

‘हिजोआज खोलाको पानी बोक्नु नपर्दा जिन्दगीकै ठूलो भारी बिसाएजस्तै भएको छ,’ उनले खुसी बाँडिन् । रावल मात्र होइन, पूरै वडाबासीकै घरका आँगनमै पानी आउन थालेपछि खोलाको धमिलो पानी पिउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

युनिसेफ नेपालको आर्थिक सहयोग तथा छाया नेपालको प्राविधिक सहयोगमा घरघरमै धारा निर्माण भएपछि पुस्तौँदेखि खोलाको पानी पिउँदै आएका वडा नम्बर ८ झ्यारी गाउँबासीको सास्ती हटेको हो । परियोजनाअन्तर्गत झ्यारीका १२८ घर धुरीमै धारा निर्माण गरी अहिले पानी वितरण गरिएको छ ।

विज्ञापन

खानेपानी निर्माणका लागि युनिसेफले १६ लाख ६६ हजार १ सय ८ रुपैयाँ ५६ पैसा र गाउँलेले ३ लाख ९८ हजार ५८९ रुपैयाँ ८५ पैसा बराबरको श्रमदान गरी कुल २० लाख ६४ हजार ६९५ रुपैयाँ ४१ पैसा लगानी लागेको छ ।


फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार