होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बिनोद चौधरीलाई मन्त्री बन्न कांग्रेसभित्रै दबाब
राजनीति

बिनोद चौधरीलाई मन्त्री बन्न कांग्रेसभित्रै दबाब

  • नागरिक रैबार
बिनोद चौधरीलाई मन्त्री बन्न कांग्रेसभित्रै दबाब

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो (आइतबार) संसद्मा विश्वासको मत पाएका छन् । संसद्मा विश्वासको मत पाएपछिमात्रै मन्त्रिमण्डल विस्तार गर्ने बताउँदै आएका प्रधानमन्त्री देउवाले यसबारेमा गृहकार्यसमेत थालिसकेका छन् । आफूलाई प्रधानमन्त्री बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउने उनको चाहना छ । यसबारेमा उनले सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका छन् ।

माधव नेपालले भने विश्वासको मत दिएपनि आफूहरु तत्काल सरकारमा नजाने अडान लिएका छन् । तर, उनी पक्षधर सांसदहरुले भने सरकारमा जानुपर्ने मत राखेका छन् । देउवालाई एमालेका २२ जना सांसदले विश्वासको मत दिएका छन् । यी २२ जनालाई नै एमालेको आज बसेको केन्द्रीय कमिटीले २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री देउवाले आज÷भोलि भित्रै प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवसँग सल्लाह गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले माधव नेपाल पक्षलाई सम्मानजनक रुपमा सरकारमा सहभागी गराउने वचन पनि दिएका छन् ।

आफ्नै पार्टीबाट पनि मन्त्री बन्ने आकांक्षीहरु धेरै छन् । देउवाले हालै बसेको पदाधिकारी बैठकमा समेत सरकारमा सहभागी हुनेहरुको नाम दिन नेताहरुलाई आग्रह गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलसँग उनले नाम मागेका छन् । सरकारमा क–कसलाई पठाउने भन्नेबारे पौडेल पक्षमा छलफल चलिरहेको छ । उता, यसपटक बिनोद चौधरी पनि कांग्रेसबाट मन्त्री बन्ने चर्चा चलेको छ । प्रधानमन्त्रीमा देउवा नियुक्त हुनेबित्तिकै उनी अर्थमन्त्री बन्ने चर्चा थियो । तर, अर्थमन्त्री भने माओवादी केन्द्रबाट जनार्दन शर्मा बनिसकेका छन् ।

चौधरीले सरकारमा सहभागी भएर काम गर्ने भनेर ईच्छा त व्यक्त गरेका छैनन् । तर, उनलाई पार्टीभित्रैबाट सरकारमा जानको लागि दबाब आएको छ । चौधरी सरकारमा सहभागी भए भने परराष्ट्र वा स्वास्थ्य मन्त्री बन्ने आँकलन गरिएको छ । सत्ता समिकरण मिलाउँदा कांग्रेसले पाउने मन्त्रालयमध्ये राम्रो मन्त्रालयमा चौधरी जानसक्ने चर्चा छ । तर, चौधरी आँफैले भने अहिलेसम्म मन्त्री बन्नको लागि कुनै दौडधुप भने गरेका छैनन् । चौधरीलाई मन्त्री बनाउनको लागि स्वयम प्रधानमन्त्री तथा पार्टी सभापति देउवा पनि खुशी हुने बुझिएको छ । उता, महामन्त्री डा. शशांक कोइराल पनि चौधरीलाई मन्त्री बनाउन चाहन्छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि