होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • १० बुँदे प्रस्ताव नमान्दा र ‘ठाडाे कुरा’ गर्दा याे अवस्था आयाे : प्रदीप ज्ञवाली
राजनीति

१० बुँदे प्रस्ताव नमान्दा र ‘ठाडाे कुरा’ गर्दा याे अवस्था आयाे : प्रदीप ज्ञवाली

  • नागरिक रैबार
१० बुँदे प्रस्ताव नमान्दा र ‘ठाडाे कुरा’ गर्दा याे अवस्था आयाे : प्रदीप ज्ञवाली

काठमाण्डाै – नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले १० बुँदे प्रस्ताव नमान्ने र ठाडो कुरा गरेकाले यो अवस्था आएको बताउनुभएकाे छ । आज सोमवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १० औँ केन्द्रीय कमिटीको बैठकपछि बाेल्दै प्रवक्ता ज्ञवालीले यस्ताे बताउनुभएकाे हाे ।

‘उहाँ (माधवकुमार नेपाल) ले तीन वटा कुरामा ठाडो जवाफ दिनुभयो । एक, दश बुँदे सहमतिका कैयौँ विषयमा म सहमत छैन । दोस्रो, कांग्रेसलाई विश्वासको मत दिने पूर्व वचनबाट निर्णयबाट म पछि हट्दिनँ । तेस्रो, जुन कमिटीमा म अल्पमतमा छु त्यो कमिटीमा गएर त्यसको संस्थागत निर्णय मान्दिनँ भनेर उहाँ प्रस्तुत हुनुभयो’, ज्ञवालीले भन्नुभयाे ।

यस्तै उहाँले पार्टीको केन्द्रीय कमिटी बैठक भोलि मङ्गलवारसम्मका लागि स्थगित भएको बताउनुभएको छ । प्रवक्ता ज्ञवालीले आजको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै मङ्गलवार दिउँसाे ३ बजे फेरि बस्ने गरी बैठक स्थगित गरिएको बताउनुभएको हो ।

विज्ञापन

बैठकमा पार्टीभित्र लामो समयदेखि चलेको छलफल, जेठ २३ गते पार्टी अध्यक्षले गर्नुभएको आह्वान र असार २८ गते पार्टीले गरेको १० बुँदे प्रस्तावको बारेमा छलफल भएको छ । केन्द्रीय कमिटीको १० औँ बैठक २०७५ जेठ २ को सिलसिलामा जोडेको बताउँदै प्रवक्ता ज्ञवालीले अहिले विकसित भएको घटनाक्रमले नेपालले हाँसिल गरेका अग्रगतिका प्रयासमाथिको एक खालको धक्काको रूपमा पार्टीले लिएको बताउनुभएको छ ।

हिजाे आइतवार पार्टीका केही सांसदले पार्टी निर्णयको अवज्ञा गर्दै ‘फ्लोर क्रस’ गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभयो, यो पार्टी अनुशासनको दृष्टि, कम्युनिस्ट आन्दोलनको आदर्शको दृष्टिले नागरिककाे भावनाको दृष्टिले सबै दृष्टिले सर्वथा अनुचित छ, प्रवक्ता ज्ञवालीले भन्नुभयो, उहाँहरूको यो कार्य अनुशासनहीन र गलत छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रम, विशेष गरेर आइतवार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा संसदभित्र देखिएका परिदृश्य, त्यसले नेकपा एमालेको जीवनमा पारिरहेका प्रभाव, यसका विविध आयामको बारेमा चर्चा गर्नुभएको पनि प्रवक्ता ज्ञवालीले बताउनुभएको छ ।

त्यस्तै केन्द्रीय कमिटी बैठकले ‘फ्लोर क्रस’ गरेर देउवालाई मत दिने २२ जना सांसदलाई २४ घण्टामा स्पष्टीकरण दिन भनेको छ ।

‘फ्लाेर क्रस’ गर्ने सांसदले २४ घण्टामा स्पष्टीकरण दिनुपर्छ, अहिले स्पष्टीकरण मागिएको हो, यदि आएन भने र उहाँहरूले दिएको स्पष्टीकरणको आधारमा पार्टीले कारबाही गर्छ, प्रवक्ता ज्ञवालीले भन्नुभयो, १० बुँदे सहमतिले आफ्नो सरकार ढालेर अर्को पार्टीलाई मत देऊ, पार्टीको ह्विप उल्लङ्घन गर भन्दैन, पार्टीलाई एकत्रित बनाउँछ ।

यस्तै प्रवक्ता ज्ञवालीले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिन आवश्यक नरहेको बताउनुभयाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार