होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन ‘नेसोग’को माग
स्वास्थ्य-जीवनशैली

गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन ‘नेसोग’को माग

  • नागरिक रैबार
गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन ‘नेसोग’को माग

नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग) ले गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन माग गरेको छ ।नेसोगका अध्यक्ष प्रा. डा. गणेश दंगालका अनुसार गर्भवती महिलालाई मात्र नभई गर्भमा रहेको शिशुलाई समेत असर पर्न सक्ने हुन्छ ।

नेसोगले एक विज्ञप्ति जारी गर्दे गर्भवती महिलाहरुमा हालसम्म अध्ययन अनुसार यस खोपले गर्भमा रहेको शिशुलाई कुनै असर नगर्ने देखाएको छ। गर्भवती महिलाहरुको जीवन रक्षाका लागि खोप अपरिहार्य रहेकोले उनीहरुलाई खोपको प्राथमिकतामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेको दंगाल बताउँछन् ।

विज्ञापन

गर्भवती र स्तनपान गराइरहेका ( दुई वर्षसम्मका काखे नाबालक भएका ) महिलालाई समेत तत्काल समेट्न र प्राथमिकतामा राख्न नेसोगको माग छ । उनीहरुका लागि छुट्टै खोप केन्द्रको व्यवस्था गर्नुपर्ने नेसोगको सुझाव छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार