नागरिक रैबार/बाजुरा ५ जेठ। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ३ लाई आजबाट लागु हुने गरि जेठ १२ गतेसम्मका लागि सिल गरिएको छ ।
वडामा कोरोना महामारी फैलिन नदिन वडा नं. ३ लाई जेठ ५ गतेदेखि १२ गतेसम्म लागु हुने गरि पुरै वडा सिल गरिएको वडा अध्यक्ष डम्बरबहादुर शाहीले बताएका छन् ।
वडामा हाल २० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । अहिले गाउँपालिकाका स्वास्थ्यकर्मी डा.जस्मिता बलम पार्किको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलिले कोरोना सँक्रमित र अन्य बिरामीको स्वास्थ्य स्थिति चेकजाँच गरि ओेैषधि बितरण गर्ने र चेतनामूलक जानकारी दिने काम गरिरहेको माओवादी केन्द्रका युवा नेता महेश शाहीले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु