नागरिक रैबार/बाजुरा ५ जेठ । जिल्ला अस्पताल बाजुरामा एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । कोरोनाका कारण बुढिगंगा नगरपालिका ४ बस्ने ७६ बर्षिय संक्रमित काे मृत्यु भएकाे अस्पताल बाजुराका काेभिड फाेकल चुणामणि पन्तले बताएका छन् । उनि दमकाे बिरामी रहेकाे अस्पतालले जनाएकाे छ । बाजुरामा हालसम्म ३ सय ५३ जना कोरोना सँक्रमित रहेका छन् भने बाजुरामा यो सँगै ५ जना संक्रमितकाे कोरोनाकै कारण मृत्यु भइसकेकाे छ ।
फेसबुक प्रतिक्रियाहरु