होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओलीमा राजाको भाषा ह्वास्सै गन्हायो : प्रचण्ड
राजनीति

प्रधानमन्त्री ओलीमा राजाको भाषा ह्वास्सै गन्हायो : प्रचण्ड

  • नागरिक रैबार
प्रधानमन्त्री ओलीमा राजाको भाषा ह्वास्सै गन्हायो : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषा पुर्व राजाकै भाषा जस्तै ह्वास्सै गन्हाएको बताएका छन् । प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई मंगलबार काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुस ५ को सरकारको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति प्रकृयालाई भंग गर्ने र देशलाई दुर्घटनातिर लैजाने दुश्कर्मको सुरुवात भएको पनि बताए । उनले हेर्दाहेर्दै आफ्नै पार्टीको प्रधानमन्त्रीले आफैले जन्माएको संविधानको (बच्चा)को हत्या गर्न लागेकाले त्यो रोक्न लागि संघर्ष गर्नुपरेको बताए ।

प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको र त्यसमा राजाकै भाषा प्रयोग गरिएको बताए । ‘प्रधानमनत्री ओलीको भाषामा राजाकै भाषा ह्वास्स गन्हाएको छ’ प्रचण्डको भनाई छ । उनले ओलीले राजतन्त्र पुनःस्थापना र देशलाई विध्वंश गर्ने प्रतिक्रान्तिको योजना जसरी पनि असफल पार्नुपर्ने बताए ।

उनले प्रतिगमन र प्रतिक्रान्तिको प्रयास रोक्न पत्रकारहरुको भेला सफल हुनेमा विश्वास व्यक्त गर्दै संविधान र गणतन्त्रको रक्षा गर्नु सवैको दायित्व भएको बताए । त्यसक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले पटकपटक नेकपा फुटाउन प्रयास गरेको भन्दै बैठक चलिरहेका बेला नेकपा एमाले दर्ता गर्न लगाएर प्रतिगमनको सुरुवात गरेको बताए ।

प्रचण्डले ओलीको खोक्रो राष्ट्रवाद नांगिएको भन्दै पार्टीले गर्दा संसद विघटन गर्नुपरेको भनेर कूतर्क गरिरहेको बताए । ‘पार्टी र देशको संविधानलाई पनि कुल्चेर उहाँ निरंकुश शासक बन्ने प्रयास गर्नुभयो । उहाँलाई म गाली गर्दिन । तर्क गरिरहेको छु । पूर्व एमालेमा खेल्यो भन्नुहुन्छ । माधव नेपाल, झलनाथ खनाललाई विश्वासमा लिन नसक्ने भर्खरै एकता गरेको प्रचण्डले कसरी विश्वासमा लिन सक्यो केपी ओलीजी म प्रश्न गर्न चाहान्छु’ प्रचण्डले प्रश्न गरे । उनले ओलीको निरंकुश र दम्भका कारण अहिलेको अवस्था आएको भन्दै प्रचण्डले गत माघमा केन्द्रीय समिति बैठक भव्य रुपमा सम्पन्न भएपछि ओली आत्तिन थालेको बताए ।

उनले ओलीको हातमा अब केही पनि नरहेको र ओलीले हारिसकेको बताए । प्रचण्डले हिटलर र गोर्भाचोभसँग तुलना गर्दै ‘अब केपीको हातमा केही पनि छैन, प्रष्ट बुझ्नुहोला । जुन दिन केपीले संसद विघटन गर्नुभयो त्यो दिनदेखि केपीको हात सकियो । अन्तै छ चिजहरु ।’ उनले अन्ततः फैसला गर्ने निर्वाचन आयोगलाई आफुले केही नभने पनि सही फैसला हुन्छ भन्नेमा विश्वस्त रहेको बताए ।

उनले अन्ततः जनताले मात्रै सहि फैसला दिने भएकाले आफुहरु जनतामा गएको बताए । केपी ओलीले आयोग र सर्वोच्चलाई धम्क्याउदै हिँडेको र सेटिङ गरेको भन्ने केपी गुटलाई प्रश्न गर्नुपरेको प्रचण्डले बताए । देश भाँडमा जाने ओलीको कर्मको फल ओलीले चाँडै भोग्ने बताउँदै प्रचण्डले प्रेस संगठनलाई प्रतिगमनको दुस्साहसलाई पराजित गर्नेगरी आन्दोलनको आँधीहुरी ल्याउनका लागि अघि बढ्न आग्रह गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि