होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • खेल मैदान बनाउँदै कुकुर र बाख्रो मेयर !
विचित्र संसार

खेल मैदान बनाउँदै कुकुर र बाख्रो मेयर !

  • नागरिक रैबार
खेल मैदान बनाउँदै कुकुर र बाख्रो मेयर !

काठमाडौं । अमेरिकाको एक सहरमा अहिले एउटा कुकुर मेयरको रुपमा कार्यरत छ । मर्फी नामक क्याभेलिएर किंग चार्ल्स जातको उक्त कुकुर भन्दा अगाडि उक्त सहरमा एउटा बाख्रो मेयरको रुपमा थियो ।

सन् २०१८ मा लिंकन नामक बाख्रोलाई उक्त सहरले मेयरको रुपमा चयन गरेको थियो ।

 

विज्ञापन

यद्यपि ती जनावर मेयरहरु कार्यकारी भने होइनन्, सम्मानार्थ मेयर हुन् । यसरी बाख्रो र कुकुरलाई मेयरको रुपमा छनोट गर्नुमा उक्त सहरवासी तथा नगर प्रशासनको खास उद्देश्य रहँदै आएको छ ।

सन् २०१८ मा मेयर बनेको लिंकन बाख्रोले झण्डै १० हजार डलर आर्थिक संकलन गरिदिएको थियो । हालको मेयर लिंकनले अहिलेसम्म २० हजार डलर संकलन गरिसकेको नगर व्यवस्थापक जो गुन्टर बताउँछन् ।

जब नगर प्रशासनले मर्फीकी मालिक्नी लिन्डा बार्कर समक्ष लिंकनलाई राजनीतिमा सामेल गराएर मेयर बनाउने कुरा राख्यो तब लिन्डा आश्चर्यमा परिन् । आफ्नो कुकुरलाई मेयर बनाएपछि कुकुरका तस्वीर तथा सन्देश अंकित टिसर्टहरु बिक्री गरेर सहरका लागि अर्थ संकलन गर्न सकिने उनको अपेक्षा थियो । तर विडम्बना कोरोना भाइरस महामारी सुरु भयो ।
त्यसैले टिसर्टको साटो उनले मास्क बिक्री गर्ने योजना बनाइन् । उनले अहिलेसम्म मर्फीको नामबाट १ हजार मास्क बनाएर बेचिसकेकी छिन् । भ्यालेन्टाइन डेमा थप मास्क बनाएर बेच्ने उनको योजना छ । उनले अहिलेसम्म मास्क बेचेरै ५ हजार डलर र र्याफल बास्केट बिक्रीबाट थप उत्ति नै रकम उठाएकी छिन् ।

त्यस्तै उक्त नगरलाई हालै संघीय भूमि तथा जल संरक्षण कोषले ५० हजार डलर अनुदान प्रदान गरेको छ ।

आखिर कुकुर र बाख्रा मेयरले संकलन गरेको आर्थिक सहयोगको उपयोग केमा हुँदैछ त ? वास्तवमा सहरको सामुदायिक खेल मैदानको पुनर्निर्माणका लागि उक्त रकम संकलन गरिएको हो ।

सहरका बालबालिकाहरु मज्जाले खेल्न र मनोरञ्जन प्राप्त गर्न सकुन् भनेर उक्त सामुदायिक खेल मैदानलाई भव्य ढंगले पुनर्निर्माण गरिँदैछ ।

तर अचम्म त के भने आफ्नै सहयोगमा उठेको रकमबाट बन्ने खेल मैदानमा ती जनावर मेयरहरु भने छिर्न पाउने छैनन् । किनकी सामुदायिक खेल मैदानमा कुकुर तथा बाख्राहरुका लागि प्रवेश निषेध गरिनेछ ।
–एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार