होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • तेस्रो छेडेदह कप फुटवल प्रतियोगिताका खेलहरु भोलीबाट संचालन हुने
खेलकुद

तेस्रो छेडेदह कप फुटवल प्रतियोगिताका खेलहरु भोलीबाट संचालन हुने

प्रतिकुल माैषमका कारण उद्घाटन् समारोह प्रभावित

  • नागरिक रैबार
तेस्रो छेडेदह कप फुटवल प्रतियोगिताका खेलहरु भोलीबाट संचालन हुने
फाइल तस्विर

नागरिक रैबार/बाजुरा १ कार्तिक। जिल्लाको खप्तड क्षेडेदह गाउँपालिकाको आटिचौरस्थित दशरथ माविको खेल मैदानमा हुने तेस्रो क्षेडेदह कप फुटवल प्रतियोगिताका पहिलो चरणका खेलहरु भोलीबाट संचालन गरिने भएका छन् ।

आज औपचारिक रुपमा प्रतियोगिताको एक कार्यक्रमकाविच उद्धघाटन् गरिएको छ ।  प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच पूर्व संविधान सभा सदस्य महाँ नेपालीले उद्धघाटन्  गरेका छन् । प्रतिकुल माैषमका कारण प्रतियोगिताको समुद्घाटन समारोहमा प्रभाव भएपनि भोलीबाट पहिलो चरणका खेलहरु नियमित संचालन गरिने खेल संयोजक तथा संरक्षक कृष्ण ओलीले बताएका छन्।

जिल्ला भरिकै सवै भन्दा आकर्षक पुरस्कार राशीसहित आयोजना गरिएको तेस्रो क्षेडेदह कप फुटवल प्रतियोगितामा जिल्ला भित्र र बाहिर गरि २२ वटा टिम दर्ता भएको खेल संयोजक तथा संरक्षक ओलीले बताएका छन् ।

विज्ञापन

बाजुरालाई फुटबलका माध्यमबाट राष्ट्रव्यापी रुपमा परिचित गराई राष्ट्रिय एकतालाई खेल मार्फत मजवुत बनाउने उद्देश्यका साथ बाजुराको क्षेडेदह गाउँपालिकामा क्षेडेदह तेस्रो खुला फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

हरेक वर्षको दशैं तिहार विशेष खेल पर्व, खेल क्षेत्रको विकास र प्रर्वद्धन हाम्रो गौरभ भन्ने मुल नाराका साथ क्षेडेदह स्पोर्टस् क्लवले प्रत्येक वर्ष फुटवल प्रतियोगिताको आयोजना गर्दे आईरहेको छ । कार्तिक १-देखि ६ गतेसम्म फुटबल प्रतियोगिता संचालन हुने आयोजकले बताएको छ ।

विगत ३ वर्ष देखि दशैं र तिहारको विचमा क्षेडेदह गाउँपालिकामा फुटवल प्रतियोगिता आयोजना गर्दै आएको क्लवले यस वर्ष पनि निरन्तरता दिएको हो । खेल मार्फत बाजुराको पर्यटन विकासमा टेवा पगाउने, खेल क्षेत्रमा नव प्रतिभाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीको पहिचान सहित खेलकुदको बिकास तथा खेलाडी उपादनका लागि प्रतियोगिताको आयोजना गर्दै आएको आयोजकले बताएकाे छ।

तेस्रो क्षेडेदह कप फुटवल प्रतियोगिताको बिजेताले नगद रु २,२२,२२२ र उप-बिजेताले १,११,१११ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन । यस्तै प्रतियोगितामा उत्कृष्ट बिभिन्न बिद्यामा समेत आकर्षक पुरस्कारको ब्यवस्था गरिएको क्लवले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार