होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा वर्षाका कारण पाकेको धानबाली नष्ट
बुढीगंगा

बाजुरामा वर्षाका कारण पाकेको धानबाली नष्ट

  • नागरिक रैबार
बाजुरामा वर्षाका कारण पाकेको धानबाली नष्ट

नागरिक रैबार/बाजुरा १ कात्तिक । बाजुरामा आईतबार साँझबाट परेको अविरल बर्षाका कारण पाकेको धानवाली नष्ट पारेको छ । खेतमा पाकेको धान भित्र्याउने बेला परेको अविरल वर्षाका कारण धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् ।

धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढालेको छ । पाकेको धान भित्र्याउने समयमा पानीले क्षति पुर्याइ दिएपछि दैनिक छाक टार्न समस्या भएको बडीमालिका नगरपालिका ९ का कृषक प्रकाश थापाले बताएका छन् ।वर्षाले गर्दा धानको बोटमा पलाएको धान झरेर भुईमा नष्ट भएको छ, खेतैभरि पानी भरिएको छ ।

जिल्लाको बडीमालिका, बुढीगंगा, त्रिवेणी, बुढीनन्दा नगरपालिका र गौमुल, छेडेदह, स्वामिकार्तिक र हिमाली गाउँपालिकाका विभित्र ठाउँमा लगाएको धानवालीमा क्षति पुगेको किसानले बताएका छन् ।

विज्ञापन

बाजुराका अधिकाँस कृषकको पाक्नै लागेको धान, कोदो, मकै बालीमा यो वर्ष वर्षा र जंगली जनावरले गर्दा क्षति पुर्‍याएको थियो । जंगली जनावर भालु, बँदेल, बाँदर संगै बाली भित्र्याउने समयमा परेको अविरल वर्षाका कारण गत वर्षको तुलनामा १० प्रतिशतले उत्पादनमा ह्रास आउने कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशी बताएका छन् ।

बाजुरामा हरेक वर्ष ७ हजार १ सय ७५ हेक्टरमा धानखेति हुँदै आएको छ जसमा १२ हजार ९ सय १५ मेट्रिकटन उत्पादन हुने कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकंमा उल्लेख छ ।

निरन्तर वर्षा हुन थालेपछि बाजुराको हिमाली क्षेत्रमा जाडो पनि बढेको छ । त्यस्तै जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन सक्ने देखिएको छ ।
रातिदेखि परेकोे अविरल वर्षाका कारण जिल्लाको मुख्य राजमार्ग साँफे मार्तडी सडक सहित ग्रामीण सडक हिलाम्मे भएपछि अवरुद्ध भएका छन् ।

वर्षाका कारण सडकहरू बन्द भएपछि दसैँका लागि घरआएका व्यक्ति कार्यक्षेत्रमा फर्किन समस्या भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी मदनजित महराले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार