होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शीतल निवासले भन्यो– राष्ट्रपतिले आजै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्नुहुन्छ
समाचार

शीतल निवासले भन्यो– राष्ट्रपतिले आजै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्नुहुन्छ

  • नागरिक रैबार
शीतल निवासले भन्यो– राष्ट्रपतिले आजै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्नुहुन्छ

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेकी छिन् । मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश शीतल निवास पुगिसकेको र आजै जारी गर्ने तयारीमा राष्ट्रपति रहेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रक्रियाअनुसार आजै राष्ट्रपतिले अध्यादेश जारी गर्ने तयारी गरेको बताए । ‘सिफारिस राष्ट्रपतिज्यू कहाँ आइपुगेको छ’, उनले रातोपाटीसँग भने, ‘आजै दिनभरीमा अध्यादेश जारी होला नि !’ शीतल निवासले सरकारले सिफारिस गरिसकेपछि प्रक्रियाअनुसार अघि बढ्नुपर्ने निष्कर्ष निकाल्दै अध्यादेश जारी गर्ने निष्कर्ष निकालेको हो । राष्ट्रपतिले अध्यादेश जारी गर्नुअघि कानुनविद्हरुसँग परामर्श गर्नुपर्ने भएपनि हालसम्म त्यस्तो कुनै परामर्श नभएको अधिकारीको दावी छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

विज्ञापन

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

सरकारले ल्याएको यो अध्यादेशले माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई समेत राहत मिल्नेछ भने दुबै समूह अहिले राष्ट्रपति कार्यालयको निर्णयको प्रतिक्षामा रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार