२ भदौ, काठमाडौं । रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बोरुसिया डर्टमण्डलाई पराजित गर्दै बार्यन म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ ।मंगलबार राति भएको फाइनलमा बार्यनले बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
बार्यनका लागि थि एक गोल थोमस मुलरले गरे । डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए ।खेलको ४१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा मुलरले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे ।
६४ औं मिनेटमा डर्टमण्डका रिउसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । तर ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई ३-१ को जित दिलाए ।
बार्यनले नवौं पटक सुपर कपको उपाधि जितेको हो ।बुन्डेसलिगा च्याम्पियन र जर्मन कप विजेताले जर्मन सुपर कपमा प्रतिस्पर्धा गर्ने नियम रहेको छ।
फेसबुक प्रतिक्रियाहरु