होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • के विजयकुमार गच्छदार आजको संसद बैठकमा जान पाउँछन् ?
समाचार

के विजयकुमार गच्छदार आजको संसद बैठकमा जान पाउँछन् ?

  • नागरिक रैबार
के विजयकुमार गच्छदार आजको संसद बैठकमा जान पाउँछन् ?

नेपाली कांग्रेसका उपसभापति समेत रहेका नेपाली कांग्रेसका सांसद विजय कुमार गच्छेदार संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् ।

गच्छदारबिरुद्ध अदालतमा मुद्धा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा बैठकमा सहभागी हुन नमिल्ने वरिष्ठ अधिवक्ता समेत रहेका नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले जानकारी दिए ।

२०७६ माघ २२ गते गच्छदार विरुद्ध विशेष अदालतमा भष्ट्राचार सम्बन्धी मुद्धा दर्ता भएको थियो । गत असार ३० गते विषेश अदालतमा उपस्थित भएका उनलाई १० लाख धरौटीमा छाडिएको थियो ।

विज्ञापन

संविधानको धारा १ सय ३ को उपधारा ६ अनुसार कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उप धाराले बाधा पुर्याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ भन्ने व्यवस्था गरिएको छ ।

साथै प्रतिनिधि सभा नियमावली २०७५ को दफा २ सय ४४ मा पनि कुनैपनि फौजदारी अभियोग लागेका सदस्यले प्रतिनिधि सभामा कुनै काम कारवाही गर्न नसक्ने व्यवस्था छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार