३ साउन, काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न दुवै दलले छुट्टाछुट्टै बैठक बोलाएका हुन् ।
पछिल्लोपटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको कांग्रेस संसदीय दलको बैठक दिउँसो दुई बजे संसद भवनमा बस्ने छ ।
प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले खेल्ने भूमिकाबारे संसदीय दलका नेता देउवाले निर्देशन दिने उनी निकट एक नेताले बताए ।यसैगरी माओवादी केन्द्र संसदीय दलको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ ।
फेसबुक प्रतिक्रियाहरु