होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरी कार्यालय पुगेर ‘भाउजु मारेर आएँ’ भनेपछि…
समाचार

प्रहरी कार्यालय पुगेर ‘भाउजु मारेर आएँ’ भनेपछि…

  • नागरिक रैबार
प्रहरी कार्यालय पुगेर ‘भाउजु मारेर आएँ’ भनेपछि…

५ वैशाख, काठमाडौं । शनिबार राति ८ बजे टेकुस्थित काठमाडौं प्रहरी कार्यालय सुनसान भइसकेको थियो, एउटा ट्याक्सी बत्ती बाल्दै गेटबाट भित्र छिर्‍यो ।

ट्याक्सीमा सवार व्यक्ति हतास मनस्थितिमा आउँदै गरेको देखेपछि ड्यूटी अफिसरले रोकेर सोधपुछ गरे । उनले एक वाक्यको जवाफ फर्काए, ‘भाउजु मारेर आएको हुँ ।’ ड्यूटी अफिसरमार्फत यो खबर काठमाडौं प्रहरी प्रमुख अशोक सिंहसम्म पुग्यो ।

विज्ञापन

‘बेलुका ७ः२० तिर बानेश्वरको बुलबुले मार्गमा एक महिलाको हत्या भएको पहिल्यै जानकारी आइसकेको थियो’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले भने, ‘फेरि बानेश्वरबाट आएको भनेपछि त्यही केशको होला भन्ने भइहाल्यो ।’

सोधपुछका क्रममा उनी ४८ वर्षीय मोहनराज भण्डारी भएको खुलेको सिंहले बताए । उनले भाउजु ४८ वर्षीया रोश्निराज भण्डारीको हत्या गरेर आएको समेत बयान दिएको सिंहले सुनाए ।

बानेश्वर प्रहरीले खोजिरहँदा टेकुमा आत्मसमर्पण

प्रहरी वृत्त बानेश्वरका प्रमुख दक्षबहादुर बस्नेत चाहिँ हत्याबारे सूचना पाएलगत्तै आफूहरु मुचुल्का गरेर देवर भण्डारीको खोजीमा जुटिसकेको बताउँछन् ।

‘उनको खोजी गरिरहेका वेला आफैं टेकु पुगेको खबर आयो’, बस्नेतले  भने, ‘लामो समयदेखि दुईजनाबीच विवाद भइरहेको थाहा पाएपछि उनको खोजी गरेका थियौं ।’

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका भण्डारीले भाउजु पसलमा तरकारी लिन गएर फर्किँदा फलामको रड (खन्ती) ले हिर्काएका थिए । घटना भएलत्तगै रोश्नीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । तर, केहिवेरमै चिकित्सकहरुले मृत घोषणा गरे ।

पक्राउ परेका मोहनलाई अहिले प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ । ‘ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्छौं’, डीएसपी बस्नेतले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै