होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुल गाउँपालिका अध्यक्ष रोकायाको काठमाण्डौंमा उपचार हुँदै
समाचार

गौमुल गाउँपालिका अध्यक्ष रोकायाको काठमाण्डौंमा उपचार हुँदै

  • नागरिक रैबार
गौमुल गाउँपालिका अध्यक्ष रोकायाको काठमाण्डौंमा उपचार हुँदै

नागरिक रैबार/बाजुरा ५ बैशाख। जिल्लाको गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाको काठमाण्डौंको सहिद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौमा उपचार भइरहेको छ ।

अध्यक्ष रोकायाको स्वास्थ्यमा एक्कासी समस्या आएपछि आईतवार बिहान धनगढी बाट नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौ लगिएको थियो ।

अध्यक्ष रोकायाको अहिले काठमाडौमा रहेको सहिद गंगालाल हृदय केन्द्रमा उपचार भइरहेको संघीय सांसद लालबहादुर थापाका स्वकीय सचिव शुरेस रोकायाले बताएका छन् ।

विज्ञापन

केही दिन अघि गौमुल गाउँपालिका वडा नम्बर २ तल्दुुगन गाउँमा जनताका समस्या बुुझ्न पुुगेका अध्यक्ष रोकायाको स्वास्थ्यमा एक्कासी समस्या आएको थियो । स्वास्थ्यमा समस्या आएपछि रोकायालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याईएको थियो ।

तर रोकायाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि  उनलाई बाजुराबाट गाडीमा धनगढी लगिएको र धनगढीबाट सेनाको हेलिकप्टर मार्फत काठमाण्डाै लगिएको गाैमुल गाउँपालिकाले जनाएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार