होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मोबाइलमा ‘सेयर इट’ एप राख्नु खतरनाक, हुनसक्छ डेटा चोरी
समाचार

मोबाइलमा ‘सेयर इट’ एप राख्नु खतरनाक, हुनसक्छ डेटा चोरी

  • नागरिक रैबार
मोबाइलमा ‘सेयर इट’ एप राख्नु खतरनाक, हुनसक्छ डेटा चोरी

काठमाडौं: फाइल ट्रान्सफर गर्ने लोकप्रिय एप ‘सेयर इट’ मा सुरक्षा कमजोरी फेला परेको एक अध्ययनले देखाएको छ।

झण्डै ३ महिनासम्म गरेको एक अध्ययनपछि उक्त एपको एन्ड्रोइड भर्सनमा गम्भीर खालका सुरक्षा कमजोरी भएको साइबर सुरक्षा कम्पनी ट्रेन्ड माइक्रोले जनाएको छ।

सेयर इटले प्रयोगकर्ताको फोनको स्टोरेज, क्यामेरा, माइक्रोफोन, लोकेशन आदिबारे सूचना लिने गरेको छ।

विज्ञापन

‘ह्याकरहरू’ले उक्त एपमा मालवेयर इन्फेक्टेड कोड प्रयोग गरेर डेटा हाइज्याक गर्न सक्ने उक्त अध्ययनको निष्कर्ष छ। यो सुरक्षा कमजोरीबारे कम्पनीले गुगललाई जानकारी दिइसकेको छ।

विज्ञहरुले तत्कालै फोनबाट ‘सेयर इट’ एप अनइन्स्टल गर्न सुझाव दिएका छन्।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार