होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गुल्मीमा जिप दुर्घटना, तीन जनाको मृत्यु, आठ घाइते
समाचार

गुल्मीमा जिप दुर्घटना, तीन जनाको मृत्यु, आठ घाइते

  • नागरिक रैबार
गुल्मीमा जिप दुर्घटना, तीन जनाको मृत्यु, आठ घाइते

गुल्मीः गुल्मीमा जिप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ। जिल्लाको सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ रातामाटा पराल्मीतर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप बुधबार साँझ दुर्घटनामा परेको हो। दुर्घटनामा परि अन्य आठ जना घाइते भएका छन्। घाईते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ।

मृत्यु हुनेमा रेसुंगा नगरपालिका वडा नम्बर १४ का ४७ वर्षीय एकराज पोख्रेल, २८ वर्षीया शान्ति नेपाली र २७ वर्षीया गोमा नेपाली रहेका छन्।

घाइतेहरूलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिप सडकभन्दा करिब ६ सय मिटर तल खसेको थियो। घटनाको कारण भने खुल्न सकेको छैन।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै