होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भीम रावल एमालेको सल्लाहकार भूमिकामा मात्रै
समाचार

भीम रावल एमालेको सल्लाहकार भूमिकामा मात्रै

  • नागरिक रैबार
भीम रावल एमालेको सल्लाहकार भूमिकामा मात्रै

धनगढीः नेकपा एमालेमा नेता भीम रावलको भूमि सल्लाहकारमा सीमित भएको छ। चितवनमा भएको दसौँ महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेर पराजित रावल अहिले एमालेको कुनै कमिटीमा छैनन्।

उनले अध्यक्षमा पराजित भएपछि केन्द्रीय कमिटीमा बस्न पनि अस्वीकार गरेका थिए। त्यहीकारण भक्तपुरमा बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले रावललाई कुनै जिम्मेवारी दिएन। उक्त बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरलले पार्टीमा रावलको भूमिकाबारे चर्चा गरेका हुन्।

‘भीम रावल केन्द्रीय कमिटीमा नरहेकाले उहाँलाई जिम्मेवारी नदिएको होु, उनले भने, ‘तर पार्टीको नीतिगत निर्णयले उहाँलाई सल्लाहकारको जिम्मेवारी दिन्छ। थप जिम्मेवारीका लागि पार्टी अध्यक्षसँगको परामर्शमा निर्णय हुनेछ।’ पोखरेलले रावल अहिले केन्द्रीय सल्लाहकार परिषद्को सदस्यका रुपमा रहेको पनि बताए। ‘उहाँले अब अर्को जिम्मेवारी निर्धारण नभएसम्म केन्द्रीय सल्लाहकार परिषद्का सदस्यका रुपमा पार्टीलाई सुझाव दिनुहुन्छु, उनले भने।

विज्ञापन

एमालेको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अनुशाशन आयोगका पूर्व अध्यक्ष अमृतकुमार बोहोरा रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै