सिमकोट : दलितसँग विहे गरेको भन्दै युवतीका आफन्त आएर घरबाट लिएका दलित युवा दुई दिनदेखि बेपत्ता भएका छन् । बुधवार राती युवाको घरमा बसिरहेका बेला माइती पक्षबाट आएका कुटपिट गर्नुका साथै दुबै जना लिएको त्यसपछि केटालाई बेपत्ता रहेका छन् ।
मुगु जिल्लाको सोरु गाउँपालिका–१ को लिप्रु गाउँकी सुन्तली मल्ल र हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–१ को जैरको नात्ता गाउँका केटा चन्द्रे कामीले भागी विवाह गरेको बताउँदै सर्केगार्ड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले माइती पक्षले युवाको घरमा आएर कुटपिट गरि बेपत्ता पारेको जानकारी दिइन् ।
उनले दुई दिन अघि रातीको समयमा बीस जना भन्दा बढी केटीका माइती पक्ष मानिसहरु घरमा आएर कुटपिट गरि जबरजस्ती लगेको बताइन् । केटा र केटीबीच मन पराएर दुई महिना अगाडी भागी विवाह भएपनि घरमा नआइ सर्केगार्ड गाउँपालिकाकै रिप गाउँमा बस्दै आएका थिए ।
उनले घर आएको दुई दिनमै माईती आएर कुटपिटका साथै दुबै जनालाई घरबाट लगेको र हालसम्म बेपत्ता बनाएको बताए । उनले मन पराएर विवाह गरेको केटा केटीले घरमा आउनु र केही हामीले गर्दैनौं भन्ने कुरा माइती पक्षले भनेर बोलाएको समेत बताए ।
माइती पक्षले अहिलेको जमानामा पनि दलित र गैरदलितबीच भएको विवाहलाई अमान्य हुन नसक्ने बताउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरे ।
हुम्ला जिल्लाका प्रहरी नायव उपरिक्षक हेरम्भ शर्माले घटनाको जानकारी आउने बित्तिकै उनीहरुको खोजीका लागि प्रहरी व्यापक रुपमा परिचालन गरिएको बताए ।
उनले जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जना, तुम्च, गल्फागाड, श्रीनर, कवाडी प्रहरी चौकीबाट प्रहरी परिचालन भएर खोजी कार्य भइरहेको भएपनि अहिलेसम्म् पत्ता नलागेको बताए ।
त्यसैगरि मुगु जिल्लाबाट पनि प्रहरी खटिएको जानकारी प्राप्त भएको छ । उनले खोजीको लागि प्रहरी खटेको दुई दिन भएपनि हालसम्म केटा केटीको कुनै पत्ता लाग्न नसकेको बताउनुभयो ।
फेसबुक प्रतिक्रियाहरु