धनगढीः नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ। १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो। एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्ज तथा सहइञ्चार्जहरु पनि तोकेको छ।
सुदूरपश्चिम इञ्चार्जमा सचिव लेखराज भट्टले जिम्मेवारी पाएका छन्। यस्तै यसअघि प्रदेश अध्यक्ष रहेका कर्णबहादुर थापालाई प्रदेशमा सहइञ्चार्जको जिम्मेवारी दिइएको छ। यस्तै एमाले सुदूरपश्चिमको अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्षमा कमल तिमल्सिना, सचवमा धर्मराज पाठक, उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्ट तोकिएका छन्।
फेसबुक प्रतिक्रियाहरु