होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमा प्रचण्ड असन्तुष्ट
समाचार

क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमा प्रचण्ड असन्तुष्ट

  • नागरिक रैबार
क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमा प्रचण्ड असन्तुष्ट

काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर प्रचण्डले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीबारे ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

‘प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष प्रचण्डले क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भयो भन्दै ध्यानाकर्षण गराउनु भयो,’ मल्लले अनलाइनखबरसँग भने । प्रचण्डको सचिवालयका अनुसार जवाफमा प्रधानमन्त्री देउवाले यो कारबाहीबारे आफूले बुझ्ने बताएका थिए ।

विज्ञापन

गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको थियो ।

मल्लका अनुसार माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई कांग्रेस सभापतिमा निर्वाचित भएकोमा बधाईसमेत दिएका थिए।

भेटको अवसरमा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि