होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाजुरामा दलित समुदायका नेता एमालेबाट किन बाहिरीए ?
राजनीति

बाजुरामा दलित समुदायका नेता एमालेबाट किन बाहिरीए ?

  • नागरिक रैबार
बाजुरामा दलित समुदायका नेता एमालेबाट किन बाहिरीए ?

नागरिक रैबार/बाजुरा १ मंसिर। नेकपा एमाले बाजुराले पार्टीको दशौं महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको टंगो लगाएपछि अहिले पार्टी भित्रैबाट नेता तथा कार्यक्रर्ताहरुले तिव्र आलोचना गरिरहेका छन् ।

एमालेको प्रतिनिधि छनोटको विषयलाई लिएर अहिले चोकदेखि चियापसल र सामाजिक संजालमा तिव्र आलोचना भईरहेको छ ।एमाले बाजुराले प्रतिनिधि छनोट गर्दा बाजुरामा ६ जना दलित प्रतिनिधि समेट्नु पर्ने भएपनि दलित प्रतिनिधीका रुपमा ३ जना पुरुष र १ जना महिलालाई मात्रै समेटेको देखिन्छ यसरी २ जना दलितको कोटा काटेर अन्यलाई प्रतिनिधी बनाएपछि अहिले एमालेमा रहेका बाजुराका दलित समुदायहरु आक्रोसित बनेका छन् ।

एमाले पार्टीले सधै दलित समुदायलाई प्रयोग मात्रै गर्ने गरेको भन्दै दलित समुदायबाट राजनीति गर्ने नेताहरुले तिव्र असन्तुष्टि जनाएका छन् । बाजुराबाट प्रतिनिधि छनोट गर्दा संविधान र पार्टीको विधि विधानले दिएको अधिकारलाई समेत कुल्चेर पार्टीले दलित समुदायलाई प्रतिनिधि जानबाट बन्चित गरेपछि पार्टी प्रति दलित समुदायले हेर्ने दृष्टिकोण फरक हुँदै गएको दलित समुदायका नेताहरुको भनाई छ ।

विज्ञापन

एमालेको प्रतिनिधि छनोटको विषयलाई लिएर बडीमालिका नगरपालिका ९ का अभिभावक तथा जनकलाकार विनोद बाजुरालीले बुधबार विहान सामाजिक संजाल मार्फत नेकपा एमालेको संगठित सदस्यता र एमालेको जनसंगठन राष्ट्रिय जन- साँस्कृतिक महासँघ- सुदुरपश्चिम प्रदेशको तदर्थ समितिको संयोजकबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

No description available.No description available.

त्यस्तै यस अघि नै एमाले बाजुराले दलित समुदायलाई हेर्ने दृष्टिकोण कहिल्यै परिवर्तन हुन नसकेको भन्दै बडीमालिका ९ कै पुर्व प्रेस चौतारीका केन्द्रिय लेखा आयोग सदस्य प्रेमबहादुर विकले एमालेको संगठित सदस्यता त्यागेको सामाजिक संजालबाटै जानकारी गराएका थिए । एमाले भित्रको नेतृत्व तहले बाजुरेली दलित समुदायलाइ जहिल्यै पैतलामुनि दवाउन खोजेको भन्दै दलित समुदायबाट लामोसमय देखि राजीनतिमा सक्रिय रहेका एमालेको जिल्ला कमिटी सदस्यद्धय किट्टो लवार र काँशी नेपालीले पनि सो पार्टी त्यागि सकेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार