होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एकीकृत समाजवादी पार्टी गफबाट होइन, काम गरेर देखाउने पार्टी बन्छ : माधव नेपाल
समाचार

एकीकृत समाजवादी पार्टी गफबाट होइन, काम गरेर देखाउने पार्टी बन्छ : माधव नेपाल

  • नागरिक रैबार
एकीकृत समाजवादी पार्टी गफबाट होइन, काम गरेर देखाउने पार्टी बन्छ : माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले बोलेर होइन काम गरेर देखाउने बताएका छन्। शुक्रबार काठमाडौंको मीनभवनमा पार्टीको केन्द्रीय कार्यालय भवन उद्घाटनपछि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

अध्यक्ष नेपालले भने, ‘हामी सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्नेछौं। हामी गफबाट होइन, जनतालाई अल्मल्याउने बोलीले होइन व्यवहारले पुष्टी गर्नेछौं। हामी यथार्थ कुरा गर्नेछौं, सपनाको तरेलीमा, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन दशथरी कुरा गर्दै चल्दैनौं।’

नेपालले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने र आगामी चुनावमा गठबन्धनसँग तालमेल गरेर शक्ति विस्तार गरिने बताए। तर, तत्काल अर्को पार्टीसँग एकीकरण नहुने समेत प्रष्ट पारे।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार