होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा वर्षासंगै हिमपातको सम्भावना, चिसो बढ्दै जाने
समाचार

सुदूरपश्चिममा वर्षासंगै हिमपातको सम्भावना, चिसो बढ्दै जाने

  • नागरिक रैबार
सुदूरपश्चिममा वर्षासंगै हिमपातको सम्भावना, चिसो बढ्दै जाने

धनगढी : सुदूरपश्चिम प्रदेशमा आजदेखि चिसो बढ्दै जाने भएको छ। पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेकोले चिसो बढ्दै जाने भएको हो। पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाको भनाइ छ। साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उक्त प्रणालीका कारण आगामी दिनहरूमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको छ।

आउँदो शनिवार साँझबाट क्रमशः मौसममा बिस्तारै सुधार हुँदै जाने देखिन्छ। चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउनु महाशाखाको अनुरोध गरेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै