होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चिसोबाट बच्न पराल ओढे, आगो लाग्दा दिदीबहिनीको मृत्यु
समाचार

चिसोबाट बच्न पराल ओढे, आगो लाग्दा दिदीबहिनीको मृत्यु

  • नागरिक रैबार
चिसोबाट बच्न पराल ओढे, आगो लाग्दा दिदीबहिनीको मृत्यु

चिसोबाट बच्न पराल ओढेर सुतेका दिदीबहिनीको जलेर मृत्यु भएको छ। सर्लाहीको कबिलासी नगरपालिका– ७ निवासी जोगी महरा चमारकी ३ वर्षीया छोरी सुगन्धी महरा र ८ वर्षीया छोरी लक्ष्मी महराको जलेर मृत्यु भएको हो। चमारकी अर्की छोरी ५ वर्षीया सुधा महरा घाइते भएको प्रहरीले बताएको छ।

बुधबार राति दिदीबहिनी आफ्नै फुसको घरमा जाडोबाट बच्न पराल ओढेर सुतेका थिए। सोही क्रममा घरमा आगलागी हुँदा दुबै जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए। राति करिब सवा ९ बजेको समयमा फुसको घरमा विद्युत सट भएर आगलागी भएको बुढाथोकीले बताए।

आगलागीको घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार