नागरिक रैबार/बाजुरा ३० असोज। नेकपा (एकीकृत समजवादी) बाजुराको ईन्चार्जको जिम्मेवारी हिक्मतजंग शाहीले पाएका छन् ।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका घर भएका शाहीलाई पार्टीको स्थायी कमिटीको सातौं बैठकले बाजुराको इन्चार्जको जिम्मेवारी दिएको हो ।
पूर्व सांसद समेत रहेका शाही बाजुरामा कम्युनिष्ट पार्टीबाट विजयी हुने पहिलो सांसद हुन् । उनी तत्कालिन एमालेमै रहँदा पछिल्लो समयमा क्रियाशिल राजनीतिमा नरहेका भएपनि नेकपा एमाले विभाजन पश्चात माधव कुमार नेपालले दर्ता गरेको नेकपा एकिकृत समाजवादीमा खुलेर सक्रिय राजनीतिमा लागेका छन् ।
यस्तै सुदूरपश्चिम प्रदेशका ९ जिल्ला इन्चार्जको पनि टुंगो लागेको छ । जसमा दार्चुलामा नरेन्द्र बिष्ट, बैतडीमा परमानन्द भट्ट, डडेल्धुरामा नरबहादुर बिष्ट, कञ्चनपुरमा लालबहादुर खड्कालाई इञ्चार्ज तोकिएको छ ।
यस्तै कैलालीमा दीर्घ सोडारी (प्रदेश कमिटी उपसचिव समेत), डोटीमा हर्कबहादुर सिंह (प्रदेश कमिटी उपाध्यक्ष समेत),बझाङमा दिलबहादुर सिंह, अछाममा शेरबहादुर कुँवर (प्रदेश कमिटी उपाध्यक्ष समेत) लाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
फेसबुक प्रतिक्रियाहरु