होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका नगरपालिकाले जिवित मान्छेलाई मृत घाेषित गरेपछि..
समाचार

बडीमालिका नगरपालिकाले जिवित मान्छेलाई मृत घाेषित गरेपछि..

  • नागरिक रैबार
बडीमालिका नगरपालिकाले जिवित मान्छेलाई मृत घाेषित गरेपछि..

नागरिक रैबार
बाजुरा ३२ साउन
जिल्लाकाे बडीमालिका नगरपालिकाले वडा नं ८ का ८० वर्षिया तुले थापालाई मरेकाे भनी घाेषित गरेर उनकाे सामाजिक सुरक्षा भत्ता राेकेकाे पाईएकाे छ ।
केही दिन अगाडि मात्रै थापा अाफ्नाे सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमा पुगेका थिए । बैकमा पुग्दा उहाँकाे मृत्यु भएकाे भनि नगरपालिकाले खाता बन्द गरिदिएकाे थाहा पाएपछि उनी रित्ताे हात फर्किन बाध्य भएका थिए ।
जिबित मान्छेलाई नै मृत्यु भईसक्याे भनेर गएकाे चैत महिनाबाट नै सामाजिक सुरक्षा भत्ता कट्टा हुने गरि बैक खाता बन्द गरेकाे साउनमा अाएर थाहा भएकाे थापाकि बुहारी सीता बरालले बताएकी छन् ।
बडीमालिका नगरपालिकाकाे यस्ताे लापरवाहिले बृद्ववृद्वा लाई दुख दिने काम भएकाे उनकाे भनाईछ। बडीमालिकाले मृत घाेषित गरेर सामाजिक सुरक्षा भत्ता कटाैति गरेका थापा हाल उपचारका लागि धनगढीमा रहेका छन् ।
यता बडीमालिका नगरपालिकाले भने अर्कै मृत व्यक्तिकाे खाता बन्द गर्न खाेज्दा तुले थापाकाे नाम पर्न गएकाे स्विकार गरेकाे छ । मृत घाेषित भएका थापाकाे खाता पुन: संचालनमा ल्याएर सामाजिक सुरक्षा भत्ताकाे लागि प्रकृया अगाडि बढाईसकेकाे नगरपालिकाले जनाएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार